Websoft University

ग्रेडेडको वादविवादमा कृतिश्री र प्रशिष्का प्रथम


विराटनगर  । विराटनगर–७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छन् ।

‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगितामा पक्षमा आफ्नो तर्क राखेर थापा प्रथम भएकी हुन् । विद्यालयले दुई समूहमा बाँडेर प्रतियोगिता आयोजना गरेको थियो । ८ देखि १० कक्षासम्मको समूहमा विपक्षमा तर्क राखेर कक्षा ९ की सरस्वती हेम्ब्रम द्वितीय हुँदा पक्षमा मत राखेर कक्षा ९ कै प्रशान्त कामत तृतीय भए । कवि एवं पत्रकार मीनकुमार नवोदित र युवा पत्रकार वीरेन्द्रकुमार साहको निर्णायक समितिले पुरस्कृतहरूको नामावली सार्वजनिक गरेको थियो ।

त्यस्तै कक्षा ५ देखि ७ सम्मको समूहबाट कक्षा ६ की छात्रा प्रशिष्का बराल प्रथम भएकी छन् । ‘विदेशी संस्कृतिभन्दा नेपाली संस्कृति उत्तम’ विषयमा केन्द्रित वादविवादमा पक्षमा तर्क राखेर बराल प्रथम भएकी हुन् । त्यस्तै कक्षा ७ की छात्रा थनिसा पोखरेल द्वितीय र कक्षा ७ कै अदिती झाले तृतीय पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रमुख निर्णायक मीनकुमार नवोदितले विद्यालयस्तरदेखि नै विद्यार्थीको क्षमता विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै बाहिरी ज्ञान पनि दिनु जरुरी रहेको उल्लेख गरे । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको ज्ञान निखारता ल्याउनुका साथै प्रतिस्पर्धी क्षमताको समेत विकास हुने नवोदितको भनाइ थियो ।

त्यस्तै विद्यालयका प्रिन्सिपलसमेत रहेका प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सुवालले विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको बताए । अतिरिक्त क्रियाकलापमा जोड दिएकै कारण जिल्लास्तरका विभिन्न प्रतियोगितामा विद्यालयले पुरस्कार जित्न सफल भएको सुवालले उल्लेख गरे । विजेता विद्यार्थीलाई नवोदितसहित विद्यालयका प्रिन्सिपल सुवालले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा दुई दर्जन विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.