Websoft University

खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धमा अन्तरक्रीया


काठमाण्डेो | खाद्य स्वच्छतामा लगानी वढाऔं, अप्रत्यासीत अवस्थाको पूर्वतयारी गरौ भन्ने ध्येयका साथ खाद्य उद्योगी व्यवसायीहरुको सहभागितामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ का सम्वन्धमा अन्तरक्रीया कार्यक्रम भएको छ ।

उद्योग संगठन मोरङ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरको संयूक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले मानव स्वास्थ्य तथा सुरक्षासंग प्रत्यक्ष्ँ सम्वन्ध राख्ने खाद्य पदार्थको गुणस्तर कायम राख्नु महत्वपूर्ण पक्ष्ँ भएको वताए । उनले वस्तु उत्पादनको क्रममा व्यवसायीले खाद्य स्वच्छता व्यवस्थापन प्रणाली अन्तर्गत असल उत्पादन अभ्यास, सरसफाई जस्ता कुरालाई उत्पादकले प्राथमिकता दिदै आएको स्पष्ट पार्दै प्याकेजिङ र लेवलिङ गर्दा ऐनमा भएको प्रावधान अनुरुप गर्न उद्योगीलाई अनुरोध गरे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनालले २०८१ वैशाख २३ गते राजपत्रमा प्रकाशित भईसकेको खाद्य स्वच्छता तथा गुणस्तर ऐन ९० दिन पश्चात कार्यान्वयनमा आउने जानकारी गराए । उनले ऐनले निर्दिष्ट गरेका व्यवस्थाहरुलाई कार्यान्वयनमा ल्याउन उद्योगहरुलाई अनुरोध गर्दै उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ताको दायित्व र अनुगमन, निरीक्ष्ँण, कारवाही लगायत ऐनमा समेटिएका अन्य प्रावधानहरुका स्पष्ट पारे । क

कार्यक्रममा सहभागि उद्योगीहरुले वस्तु उत्पादनको क्रममा मानव संशाधन, मेशिनको प्रयोग हुने भएकाले  भुलवश र जानीजानी गरिने त्रुटीलाई एकै प्रकारको कसुरको रुपमा परिभाषित गरी दण्ड, जरिमाना तोक्न नहुने धारणा राखे ।

प्रत्येक वर्ष जुन ७ तारिकका दिन मनाईने विश्व खाद्य स्वच्छता दिवशलाई लक्ष्ँित गरी आयोजना गरिएको  कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष्ँ नन्दकिशोर राठी, उपाध्यक्ष्ँ विपिन कावरा, कार्यसमिति सदस्य जयेन्द्र शर्मा, सन्तोष भगत, वीरेन्द्र राठी, सिद्धार्थ कावरा, दिपक अग्रवाल, खाद्य तथा गुण नियन्त्रण कार्यालय सुनसरी, धनकुट्टाका प्रमुखहरुका साथै खाद्य उद्योगी व्यवसायीहरुको सहभागिता थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.