Websoft University

स्काउटको समग्र प्रगतिको विषयमा छोटो विफ्रिङ्ग


काठमाडौं २०८१ जेष्ठ २५ गते | नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौर काठमाडौंमा माननीय युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठ ज्यूले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा प्रमुख आयुक्त श्री महेन्द्र राज रंजित ज्यूबाट स्काउट दिक्षा लिनुभएको छ । 


साथसाथै युवा तथा खेलकुद मन्त्रालय सचिव श्री सुमनराज अर्याल ज्यूले राष्ट्रिय परिषद सदस्य र उपसचिव रमा भट्टराई ज्यूले युवा तथा खेलकुद मन्त्रालयको प्रतिनिधी, राष्ट्रिय कार्यकारी समितिको सदस्यको रुपमा प्रमुख स्काउट ज्यूबाट स्काउट दिक्षा लिनुभएको छ । उक्त दिक्षान्त समारोहमा नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त, पूर्व सह प्रमुख आयुक्तहरु, सह प्रमुख आयुक्तहरु, राष्ट्रिय कार्यकारी समिति सदस्यहरु, राष्ट्रिय परिषद सदस्य, प्रदेश परिषद सदस्य, राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षक र रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो । 

दिक्षान्त समारोहमा माननीय मन्त्री ज्यूले मन्तव्य राख्दै स्काउटको विकास र विस्तारको लागि युवा तथा खेलकुद मन्त्रालयले सदैव सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्काउटको काम कारवाहीमा मन्त्रालयले हस्तक्षेप नगर्ने कुरा व्यक्त गर्नुभयो ।

 नेपाल स्काउटको सदस्यहरु कुनै पनि राजनीतिक पार्टीको सदस्य भई नेपाल स्काउटको सदस्य हुन नसक्ने ऐनमा व्यवस्थामा भएकोले स्वघोषणा गरि नेपाल स्काउटलाई राजनीतिबाट मुक्त गर्नुपर्ने भनाई राख्नुभएको थियो । उक्त समारोह पश्चात नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई ले प्रमुख स्काउट समक्ष स्काउटको समग्र प्रगतिको विषयमा छोटो विफ्रिङ्ग गर्नुभएको थियो । प्रमुख स्काउटले नेपाल स्काउटको व्यवसायिक भवन तथा जग्गाको स्थलगत अबलोकन समेत गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.