Websoft University

कोशी सरकार सबै खालका विभेद अन्त्य गर्न तयार छ - मुख्यमन्त्री कार्की


विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जातीय विभेद तथा छुवाछुत उल्मुलन दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सबै खालका विभेद अन्त्य गर्न क्रियासिल रहेको बताउनुभएको छ । 

सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै खालका विभेदहरु अन्त हुँदै जाने बताउँदै उहाँले जातीय विभेद हटाउन तीनै तहका सरकार र नागरिक समाज लाग्नुपर्ने बताउनुभयो । वर्गीय, जातीय, क्षेत्रीय, लैगिंक विभेद अन्त्य गरी समृद्ध, न्यायपूर्ण समाज र समाजवाद उन्मुख राज्यको संकल्प संविधानले नै गरेकाले यस परिपेक्षमा सबैले मिलेर हातेमालो गर्नुपर्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको   छ । 

२०६३ साल जेठ २१ गते नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएपछि जातीय विभेद तथा छुवाछुत उल्मुलन दिवस मनाउन थालिएको   हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.