Websoft University

कटारी नगरपालिकाले बुधबार कटारी क्रिकेट क्लबलाई १ लाख ५० हजार बराबरको क्रिकेट खेल सामाग्रीहरु उपलब्ध


श्याम राई, उदयपुर गाईघाट, २३ जेष्ठ | कटारी नगरपालिकाले बुधबार कटारी क्रिकेट क्लबलाई १ लाख ५० हजार बराबरको क्रिकेट खेल सामाग्रीहरु उपलब्ध गराएको छ ।

नगरपालिकामा दिउसो आयोजित एक कार्यक्रममा मेयर राजेशचन्द्र श्रेष्ठले उक्त खेल सामाग्रीहरु संघलाई हस्तान्तरण गरेका हुन ।

जनतासँग मेयर कार्यक्रम अन्तर्गत खेल सामाग्रीहरु उपलब्ध गराएको मेयर श्रष्ठले बताए । उनले क्रिकेट खेलको बिकासमा सहयोग पुगोस भन्ने उदेश्यले नगरपालिकाले खेल सामाग्रीहरु उपलब्ध गराएको बताए ।

अहिले नेपालले क्रिकेटमा निकै सफलता हासिल गरिरहेको छ । खेलाडीलाई थप हौसला बढोस भनेर सहयोग गरेको उनले बताए । खेल क्षेत्रको विकासको लागि आगामी दिनमा नगरपालिकाले थप सहयोग गर्ने उनले बताए ।

नगरपालिकाले क्रिकेटब्याड, ग्लोब, बल, हेडगार्ड लगायतका सामाग्री उपलब्ध गराएको क्रिकेट संघ कटारीले जनाएको छ ।

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.