Websoft University

विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण


विराटनगर | विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विभिन्न वडामा वृक्षारोपण गरेको छ ।

मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की आफैं उपस्थित भएर वृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो । वडा नम्बर ११ को नहर, ५ को वडा कार्यालय छेउमा मेयर कोइराला, उपमेयर कार्की, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, सन्तोष न्यौपानेसहित जनप्रतिनिधि, समाजसेवी, राजनैतिक दलका प्रतिनिधिसमेतको उपस्थितिमा वृक्षारोपण गरिएको थियो ।

महानगरले दिगो विकास इन्स्टिच्यूटसितको सहकार्यमा विभिन्न जातको विरुवा रोपेको हो । रोपेको विरुवालाई तारजालीले घेराबारासमेत गरिएको थियो । मेयर कोइरालाले विराटनगरलाई हरियाली बनाउन दिवसमा मात्रै नभएर अन्य समयमा पनि वृक्षारोपण गर्न महानगरवासीलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो घर अगाडि कम्तीमा दुईवटा विरुवा रोप्न आह्वानसमेत गर्नुभयो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.