Websoft University

शैलेश्वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मारक उद्यान र The Library Cafe कोसमुद्‍घाटन


उदयपुर, २०८१ बैशाख २८ गते । जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा नव निर्मित शैलेश्वर शिव पाञ्चायन मन्दिरअमर प्रहरी स्मृति उद्यान र The Library Cafe को संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा समुद्‍घाटन भएको छ ।

आज बिहान कार्यालय परिसरमा एक बिशेष कार्यक्रमको आयोजना बिच कार्यक्रमका प्रमुख अतिथि कुँवर तथा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा नव निर्मित मंदिर, उद्यान र 
Library को बिधिवत रुपमा समुद्घाटन भएको हो ।

नव निर्मित भौतिक संरचनाहरुको समुद्घाटन तथा  शैलेश्वर शिव पाञ्चायन मन्दिरमा पुजा अर्चना पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि कुँवरले नव निर्मित मन्दिरले प्रहरी कर्मचारीहरुलाई आध्यात्मिक शान्ति मिल्नुका साथै आफ्नो कार्य सम्पादनमा पेशागत दायित्व निर्भाह गर्न, सतमार्ग र सदबिबेक प्रयोग गर्न अन्तस्करण भावनाको बृद्धि हुने, धार्मिक आस्था एवं विश्वासले मानिसलाई सकरात्मक उर्जा प्रदान गर्ने
हौसला मिल्ने र गलत क्रियाकलाप गर्नबाट  रोक्नुका साथै कार्य बोझबाट हुने तनाव कम गर्न समेत सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो 

यसका साथै वाहाले रचनात्मक सोचले निर्माण गरिएको The Library Cafe ले प्रहरी र नागरिक बिचको सम्वन्धलाई नजिक बनाउन सेतुको भुमिका निर्वाह गर्नका साथै प्रहरी कर्मचारीहरुमा पठन पाठनको बिकास हुने तथा बौद्धिक जगतका ब्यक्तित्वहरुसंग शान्ति सुरक्षा सम्बन्धी समसामयिक बिषय बस्तुमा बौद्धिक मन्थन एवं चिन्तन गर्ने थलोको रुपमा प्रभावकारी हुने बताउनु भयो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले निर्माण सम्पन्न मन्दिरले कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूमा सकरात्मक उर्जाको प्रवाह भई कार्य क्षमतामा वृद्दि हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । यसका साथै वाँहाले नव निर्मित The Library Caféएउटा नयाँ परिकल्पनाको साकार स्वरूप रहेको बताउँदै लाईव्रेरीबाट प्रहरी कर्मचारीहरूले ज्ञानगुनका कुरा हासिल गर्ने साथै समय सापेक्ष परिवर्तन भएका ऐन, नीति, नियम, कानूनको बारेमा समेत जानकार रहनमा अवसर मिल्ने बताउनु भयो ।

कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, त्रियुगा जनता बहुमुखी क्याम्पस प्रमुख डा. कैलाश कुमार राई, त्रियुगा नगरपालिका उप-प्रमुख महेश्वरी राई, नेपाल पत्रकार महासंघ उदयपुर अध्यक्ष भरत खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो भने त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले धन्यबाद मन्तव्य राख्नु हुँदै शान्ति सुरक्षाको क्षेत्रमा स्थानीय सरकार सदैव नेपाल प्रहरीको साथमा रहेको बताउनु भयो ।

उक्त कार्यक्रमा प्रमुख अतिथि कुँवरले उत्कृट प्रहरी कर्मचारी र प्रहरीलाई सहयोग गर्नु हुने महानुभावहरूलाई प्रशंसा पत्रद्वारा तथा ८० बर्षभन्दा बढी उमेर भएका पूर्व प्रहरीहरुलाई दोसल्ला उडाई सम्मान गर्नु भएको थियो । वहाँले जिल्ला स्थित रहेका अमर प्रहरी परिवार तथा पुर्व प्रहरी कर्मचारीहरुसँग अन्तर्क्रिया तथा छलफल समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, बिभिन्न स्थानिय पालिकाहरुका प्रमुख, जन-प्रतिनिधिहरु, जिल्ला न्यायाधिश हरिश्चन्द्र इङनाम, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय भद्र भलादमी, नागरीक समाजका प्रतिनिधिहरु, पुर्व प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, बिभिन्न सरकारी तथा गैह्र-सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.