Websoft University

कुशको शब बनाएर अन्त्येष्टि


श्याम राई, उदयपुर  गाईघाट, २८ बैशाख | रुसी सेनामा भर्ना भएर युक्रेनसँगको लडाईमा होमिएका उदयपुर कटारीका एक युवाको मृत्यु भएको खबर पाएपछि परिवारका सदस्यहरुले कुशको शब बनाएर अन्त्येष्टि गरेकाछन् ।

६ महिना अघि रुसी सेनामा भर्ना भएका कटारी नगरपालिका–५ भुल्केका ३८ बर्षिय बर्षिय ओम बहादुर मगरको बैशाख २२ गते शनीबार बङकर भित्र बिस्फोट भएर मृत्यु भएको जानकारी उनीसँगै काम गर्ने साथिबाट आएपछि परिबारले बुधबार जातिय परम्पराबाट अन्त्येष्टि गरेको वडा अध्यक्ष मोहन तामाङले बताए ।

मंगलबार रसियाबाट फोन आएको रहेछ । उनीसँगै काम गर्ने सुर्खेतका बिक्रम सुनुवारले घट्नाको जानकारी गरएका रहेछन् । उनले भने । परिवारका सदस्यहरुले त्येसैलाई आधिकारीक मानेर अन्त्येष्टि गरेको तामाङले बताए । तर नेपाल सरकारबाट आधिकारीक रुपमा कुनै जानकारी नआएको उनले बताए ।

नेपाली सेनाका पूर्ब जबान समेत रहेका मगरले आफू रसियाका सेनालाई तालिम दिन जान लागेको भनेर श्रीमतीलाई हिड्ने बेलामा भनेका थिए । उता पुगेको केही दिनपछि नै आफू पनि लडाईमा सँगै जानु परेको भनेर फोन गर्नु भएको श्रीमती बिन्दुले बताईन् । उनले त्यसपछि घर आउन भनेको तर अहिले श्रीमान्को मृत्यु भएको खबर आएको बताईन् ।

मैले धेरै खतरा भए तुरुन्तै घर फिर्ता हुन भनेको थिए । वहाले पनि मिलाएर आउछु भन्नु भएको थियो । तर अहिले नराम्रो समाचार सुन्नु पर्यो । उनले भनिन् ।

श्रीमती, ३ छोरी र १४ महिने छोरा रहेका मगरको मृत्युको खबरले अहिले पूरै भुल्के गाउँ शोकमा डुबेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.