Websoft University

युनियनको स्वास्थ्य उपचार कोषमा रकम जम्मा हुने क्रम सुरु


विराटनगर ÷ नेपाल प्रेस युनियन कोशी प्रदेशले सामाजिक सुरक्षा र स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय गरेको दुई दिन नबित्दै सहयोग रकम जुटेने क्रम सुरु भएको छ ।

बिहीबार नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लवदेव ढुंगानाले २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । युनियनको प्रदेश कार्यालय पुगेर ढुंगानाले आफ्नो जन्मदिनको अवसर पारेर युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितलाई अक्षयकोषका लागि २५ हजार नगद हस्तान्तरण गरेका हुन् । त्यस्तै बिहीबार नै नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष डिकप्रसाद घिमिरेले २ हजार १ सय र नेपाली लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारीले १ हजार १ सय रुपैयाँ हस्तान्तरण गरे ।

प्रदेश युनियनको सचिवालयले १ करोडको स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो । युनियनको ३३ औं स्थापना दिवसका अवसरमा जेठ १० गते विराटनगरमा हुने विशेष समारोहमा कोषको औपचारिक घोषणा हुने प्रदेश अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए । कोषमा विषयमा विदेशमा रहेका युनियनकर्मी र शुभेच्छुकबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको नवोदितले बताए । स्थापना दिवसका अवसरमा युनियनले जेठ १० गते पत्रकारबीच खुल्ला दौड प्रतियोगिता, अग्रज पत्रकार सम्मान, विचारगोष्ठी, युनियनको प्रदेश भेलालगायतका कार्यक्रम गर्दैछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.