Websoft University

राउण्ट टेवल नेपालद्वारा २ सय ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान


विराटनगर | राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

राउण्ट टेवल नेपाल एरिया–२ ले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्तिको चेक हस्तान्तरण गर्नुभयो । सबै बालबालिकालाई शिक्षित बनाउने राउण्ट टेवलको अभियानअन्तर्गत एरिया–२ अन्तर्गत विराटनगरका दुईवटा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको एरिया संयोजक विवेक राठीले जानकारी दिनुभयो । सगरमाथा शिक्षादीप सेकेण्डरी स्कुलमा अध्ययन गर्ने विद्यार्थीका लागि १ लाख ४० हजार र होलील्याण्ड सेकेण्डरी स्कुलमा अध्ययनरत विद्यार्थीका लागि ७० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । मेयर कोइरालाले सो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

हरेक विद्यार्थीलाई ७ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको राठीले जानकारी दिनुभयो । राउण्ट टेवल नेपालले देशभर हरेक वर्ष १ हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत ३ वर्षदेखि छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको प्रोजेक्ट संयोजक गौरव दुगडले बताउनुभयो । 

एरिया–२ मा ७ वटा राउण्ट टेवल छन् । जसमा विराटनगरमा ५, धरान र विर्तामोडमा १–१ वटा राउण्ट टेवल क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो । राउण्ट टेवल नेपालले एरिया–२ मा २ सय ५० जना विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ । कार्यक्रममा मेयर कोइरालाले शिक्षा क्षेत्रमा राउण्ट टेवल नेपालले महत्वपूर्ण कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.