Websoft University

विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी भेटिए


विराटनगर  |  विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले क्षयरोगको अवस्था विश्वमै भयावह बन्दै गएको बताउनुभयो । उहाँले नेपालमा हरेक दिन ४४ जनाको क्षयरोगकै कारण मृत्यु हुने गरेको दाबी गर्नुभयो । उहाँका अनुसार वर्षमा यस रोगका कारण १६ हजार जनाले ज्यान गुमाउने गरेका छन् । विराटनगरमा १ सय ९१ जना क्षयरोगी भेटिँदा मोरङमा १ हजार २ सय ३८ जनामा क्षयरोगको संक्रमण भेटिएको उहाँले बताउनुभयो । झापा, मोरङ र सुनसरीमा क्षयरोगका बिरामी बढी भेटिने गरेका छन् ।

विश्वका ३० देशमा सबैभन्दा क्षयरोगी भेटिएका छन् । त्यसमध्ये सबैभन्दा बढी क्षयरोगी भएको मुलुकमा नेपाल ९ औं स्थानमा पर्दछ । महानगरका जनप्रतिनिधि र विभिन्न तहका कर्मचारीहरुलाई क्षयरोगमुक्त नेपाल अभियानसम्बन्धी अभिमुखीकरणमा मेयर नागेश कोइरालाले वडास्तरदेखि नै क्षयरोगमुक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड   दिनुभयो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ७ का कार्यबाहक अध्यक्ष कल्याण तिम्सिना, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी, ११ का अध्यक्षसहित तीर्थेन्द्र नेउपानेसहित विभिन्न शाखा र महाशाखाका प्रमुख र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.