Websoft University

विराटनगर–४ मा भएको शिविरमा साढे ३ सयको स्वास्थ्य जाँच


विराटनगर | विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

आमसर्वसाधारणको पहुँचसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ महानगरले हरेक वडामा निःशुल्क रुपमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । महानगरले बिहीबार नोवेल अस्पतालसँगको सहकार्यमा विराटनगर वडा नम्बर ४ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

सो शिविरमा ३ सय ४३ जनाले स्वास्थ्य सेवा लिएका छन् । सेवा लिएकामध्ये फिजिसियनतर्फ ७९ जना, बालरोगतर्फ १७७ जना, हाडजोर्नीतर्फ २२ जना, स्त्रीरोगतर्फ ४१ जना, छाला तथा यौनरोगतर्फ १७ जना, भिआईए जाँचतर्फ ३२ जना, भिडियो एक्स–रेतर्फ ६८ जना र ईसीजीतर्फ २५ जनाले सेवा लिएको शिविरका फोकल पर्सन भोला तिम्सिनाले जानकारी दिनुभयो ।

शिविरको महानगरका मेयर नागेश कोइराला, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र वडा नम्बर ४ का अध्यक्ष जितन थापाले अनुगमनसमेत गर्नुभएको थियो ।

 वडा कार्यालय छेउमा रहेको श्री आधारभूत विद्यालयमा सञ्चालित शिविरमा विद्यार्थीहरुले समेत स्वास्थ्य जाँच गराएको स्वास्थ्य महाशाखाका संयोजक दिलीप यादवले जानकारी दिनुभयो । महानगरले विराटनगरका १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । अब केही वडामा मात्रै शिविर सञ्चालन गर्न बाँकी रहेको यादवले बताउनुभयो ।

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.