Websoft University

जेभियर्स स्कुलमा विद्यार्थीको नँया नेतृत्व चयन


विराटनगर । बुढीगङ्गा गाँउपालिकाको टङ्किसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कुलमा   शैक्षिक सत्र २०८१ का लागि विद्यार्थीको नँया नेतृत्व चयन भएको छ ।

कक्षा १० मा अध्ययनरत छात्रा अन्जली दास यस वर्ष विद्यालयको क्याप्टेन निर्वाचित भएकी छिन भने कक्षा १० मा अध्ययनरत छात्रा करूणा माझी र कक्षा ९ मा अध्ययनरत छात्रा शुभेच्छा बस्नेत भाइस–क्याप्टेन निर्वाचित भएका छन् ।

त्यसै गरि विद्यालयमा रहेका चारवटा सदनले पनि यस वर्ष नँया नेतृत्व पाएका छन् । सगरमाथा सदनको क्याप्टेनमा कुशल खत्री र मुस्कान भट्टराई अन्नपूर्ण सदनको क्याप्टेनमा आदित्य  कार्की र सविता निरौला माछापुच्छ्रे सदनको क्यापटेनमा रोजन राई र उन्नतीकुमारी माझी र कञ्चनजंघा सदनको क्यापटेनमा  मिलन राउत ओविस राई निर्वाचित भएका छन् ।

साथै कक्षा ९ मा अध्ययनरत छात्रा  प्रेक्षा चौधरीको अध्यक्षतामा १३ सदस्यीय जेभियर्स बालक्लब  गठन भएको छ । उक्त क्लबको उपाध्यक्षमा अंशु कार्की र अनिशा कटुवाल, सचिवमा क्रेन्सी  बिक सह–सचिवमा सेमन्तक भण्डारी र कोषाध्यक्षमा सुनिता राउत चयन भएका   छन् । जेभियर्स बाल क्लबले यो बर्षभित्र विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजना  गरी विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने कार्य गर्दछ ।

आगामी शुक्रवार नव निर्वाचित नेतृत्वलाई सपथग्रहण तथा ब्याच बितरण र यो वर्ष भर्ना भएका नँया विद्यार्थीलाई स्वागत  गरिने कार्यक्रम रहेको जानकारी उक्त विद्यालयका सह–प्रधानाध्यापक जनक ढकालले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.