Websoft University

सहकारीले महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाएको छ - मुख्यमन्त्री कार्की


विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले सहकारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको बताएका छन् । ६७ अ‍ौं राष्ट्रिय सहकारी दिवसको अवसरमा मूल समारोह समितिले मोरङमा मंगलबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर रहेको सहकारी क्षेत्रका साथै समग्र मुलुकको नै अर्थतन्त्र धारासायी बनाउने षडयन्त्र भइरहेको बताएका हुन् ।

 झबैंक, लघुवित्त, सहकारी र साहुमहाजनको ऋण तिर्न नसक्नेहरूलाई कस्ले हिँडाउँदै काठमाडौं पुर्याइरहेकाछन् ?,ञ उनले भने, झकाठमाडौं पुग्न बसभन्दा बढी खर्च हिँडेर जान लाग्छ । ऋण तिर्ने पैसा नहुनेलाई त्यो खर्च कसले दिँइरहेको छ । यो मुलुकको अर्थतन्त्र धारासायी बनाउनेहरूले यस्तो गरिरहेको स्पष्ट छ ।ञ त्यसैले यी यस्ता आफ्नै खुट्टामा बञ्चरो हान्ने गलत क्रियाकलापमा नलाग्न मुख्यमन्त्री कार्कीले सबैलाई आग्रह गरेका छन् ।


झसहकारी डुब्न लागेको सुन्ने बित्तिकै सबै बचतकर्ताले बचत माग्न थालेपछि सहकारी डुब्ने गरेको होइन,ञ उनले भने, झसहकारीले विपन्न वर्गका साथै महिलाहरूको जीवनस्तर परिवर्तन भइरहेकोले आफूलाई भनाउँदाहरूको समाजमा मान घटेको छ । 

त्यसैले पनि सहकारीलाई बदनाम गराउने अनेकौं खेल भइरहेको छ, त्यसबाट सचेत हुनु पर्छ ।ञ मधेसमा मिटरब्याजीको हल्लाले बिपन्न परिवारले घरमा कोही बिरामी हुँदा पनि पैसा दिने कोही नभएकाले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

 महिलाहरूको सक्रियताले गाउँका सहकारीहरू फष्टाइरहेको छ । त्यसैले सर्वसाधारणको जीवनस्तर परिवर्तन गर्ने सहकारीलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने र भठ्ठीमा बेलुका गएर सहकारी डुबाउनेहरूको सूची प्रदेश सरकार तयार गरिसकेकाले अब चाँडै कारबाहीको दायरामा ल्याउने उनले बताएका हुन् ।

 झसहकारीमा आबद्ध भएकोले विपन्न वर्ग साहू महाजनको ऋणबाट मुक्त भएको छ,ञ उनले भने, झकेही सहकारीको मालिक नै चोर भएकाले सहकारी क्षेत्र बद्नाम भइरहेको छ ।ञ

 मोरङमा १ हजार ४० सहकारीमा २७७ प्रदेशमातहत र ७३३ पालिकाले हेर्छ । जसमा ४ लाख ४३ हजार सेयर सदस्य र २९ अर्ब सेयर पूँजी रहेको प्रदेश सहकारी  रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.