Websoft University

कटारी नगरपालिका ६ र ७ वडा जोड्ने बैधनाथ खोलामा निर्माण भएको पक्कि पुलको सोमबार उद्घाटन


श्याम राई, उदयपुर  गाईघाट, १९ चैत्र | कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  सरकारले भौतिक पूर्बधारसँगै मानविय विकासमा जोड दिएर विकासको कामलाई तिब्र गतिले अघि बढाई रहेको बताएकाछन् ।

कटारी नगरपालिका ६ र ७ वडा जोड्ने बैधनाथ खोलामा निर्माण भएको पक्कि पुलको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कालोपत्रे सडक निर्माण गरेर मात्र विकासको लक्ष्य पूरा हुन नसक्ने भन्दै मानिसको भबिश्य उज्जवल बनाउने मानविय विकास गर्न सरकार लागि परेको बताए । उनले सरकारले बालबालिकाको शिक्षा र स्वास्थ्यमा केन्द्रित रहेर प्रभाबकारी कार्यक्रम शुरु गरिसकेको बताए । 

पहिलो चरणमा १० बर्ष मुनिका बालबालिकालाई निःशुल्क स्वास्थय उपचार सेवा शुरु गरिसकेको उनले बताए । अहिले हामीले केही निजी अस्पतालसँग सम्झौता गरेर कार्यक्रम सुरु गरेकोमा अब सबै सरकारी अस्पतालबाट यो सेवा शुरु गर्न लागेको उनले बताए । अहिले हामीले केही निजी अस्पतालसँग सम्झौता गरेर कार्यक्रम शुरु गरेकोमा अब सबै सरकारी अस्पतालबाट यो सेवा शुरु गर्न लागेको उनले बताए । अब सबै बालबालिकाको पढाई र स्वास्थ्य उपचार प्रदेश सरकारले जिम्मा लिने मुख्यमन्त्री कार्कीले बताए ।

कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले पुल निर्माणपछि यस भेगका बासिन्दालाई निकै फाईदा पुगेको बताए । उनले कृषि क्षेत्रको बिकास गर्न कृषकहरुलाई बिउ बिजन र मलमा विशेष अनुदान दिनेगरि सरकारले निती बनाएर काम गर्न लागेको बताए ।

प्रदेश सरकार सडक पूर्बधार तथा शहरी बिकास मार्फत १४ करोड ९४ लाख ७३ हजार लागतमा निर्माण भएको पुल निर्धारित समय भन्दा ५ महिना अघि निर्माण सम्पन्न भएको हो ।

२ वर्ष भित्र निर्माणगरि सक्नु पर्ने उक्त पुल  केम ईन्जिनियर्स बिल्डर्स प्रा.लि. काठमाडौंले निर्माण गरेको हो । ८४.२० मिटर लम्बाई र ८.२० मिटर चौडाईको पुल २.४० मिटरको स्पान रहेको पूर्बाधार कार्यालय उदयपुरका प्रमुख डिई रमेश चौधरीले बताए ।

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.