Websoft University

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा पुलिसको पहिलो जित, आर्मीको दोस्रो जित


विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आइतबार भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । जितसँगै पुलिस समुह वि मा २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकको साथ तेस्रो स्थानमा उक्लिएको भने गण्डकीले खेलेको तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ । पुलिस पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।
टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो । गण्डकीका लागि दिनेश बुढा मगरले ४५ बलमा १ छक्का र ५ चौका प्रहार गरि ४६ रन बनाउँदा इश्वर क्षेत्रीले ३० बलमा २ छक्का र ५  चौेका प्रहार गरि ४१ रन तथा दिपक डुम्रेले ३१ बलमा १ छक्का र ३ चौका प्रहार गरि ४०  रनको योगदान दिए ।
पुलिसको  अविशेक कार्कीले २ ओभर बलिङ गर्दै ८ रन दिएर ३ विकेट लिँदा ललित भण्डारी, शरद भेषवाकर र दिपक सेरलाले समान १–१ विकेट लिए ।
जवाफमा १ सय ४५ रनको लक्ष्य पाएको पुलिसले १९ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । पुलिसको जितमा प्लेयर अफ द म्याच शंकर रानाले ३० बलमा ३ छक्का र ५ चौका प्रहार गरि नटआउट ५१ रन बनाउँदा अमित श्रेष्ठले २८ रन, रोहन विकले १९ रन र शरद भेषवाकरले १८ रनको योगदान दिए । गण्डकीका अम्रित गुरुङले २ विकेट लिँदा सन्दिप पराजुलीले पनि २ विकेट तथा चन्द्र पोडेलले १ विकेट लिए ।
दोस्रो खेलमा आर्मीले  मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । आर्मीले  लगातार दोस्रो जित निकाल्दै समुह १ को शिर्ष स्थानमा उक्लिएको छ । आर्मीले यस अघि खेलेको पहिलो खेलमा कर्णालीलाई पराजित गरेको छ । आर्मीले २ खेलमा २ जित निकाल्दै ४ अंकका साथ पहिलो स्थानमा छ भने ३ मा १ खेलमा जित र २ खेलमा पराजित भएको मधेश २ अंकका साथ चौथो स्थानमा यथावत रहेको छ ।
टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५३ रनको योगफल तयार पारेको थियो । मधेशका पवन सराफले ३९ बलमा ६ छक्का र २ चौका प्रहार गरि ६३ रन बनाउँदा साहिल पटेलले २२ रन र राहुल मण्डलले १७ रनको योगदान दिए । आर्मीका नितेश पटेलले ४ विकेट लिए । पटेलले ४ ओभरमा १९ रन मात्र दिए । त्यस्तै त्रितराज दास र शहाव आलमले २–२ विकेट लिए ।
जवाफमा १ सय  ५४ रनको लक्ष्य पछ्याएको आर्मीले १६ दशमलव ५ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो । आर्मीकोे जितमा प्लेयर अफ द म्याच त्रितराज दासले ४३ बलमा २ छक्का र ६ चौका प्रहार गरि अविजित ६० रनको पारी खेले । त्यस्तै सन्तोष कार्कीले ३८ बलमा ५ छक्का र २ चौका प्रहार गरि ५७ रन र टुल थापाले १९ रनको योगदान  दिए । मधेशका रुपेश सिंश, अविशेक तिवारी र पवन सराफले १–१ विकेट लिए ।
सोमबारको  पहिलो खेल सुदूरपश्चिम र  बागमती तथा दोस्रो खेल घरेलु छोली कोशी र एपिएफविच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.