Websoft University

कान्तिपुर स्कुलले मनायो वार्षिकोत्सव र अभिभावक दिवस


विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतमले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालयहरुले ध्यान दिनुपर्ने बताए । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षासँगै आजको आवश्यकता नैतिक शिक्षा भएको जानकारी दिदै उनले त्यसतर्फ विद्यालयहरु जानुपर्ने उनले बताए । 

कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई सिप, संस्कार र नैतिक शिक्षासँगै प्रविधिसँग जोडेर गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । ‘राष्ट्रि निमार्णमा निजी विद्यालयहरुको भूमिका उल्लेखिनय रहेको छ । दक्ष जनशक्तिहरु उत्पादन गरेको छ । अबको शिक्षा भनेको स्वरोजगारमुखी शिक्षा आजको आवश्यकता हो,’ अध्यक्ष सुवालले भने । हिसान मोरङ अध्यक्ष अमित ढकाल विद्यालय, विद्यार्थी र अभिभावकले त्रिकोणात्मक र समन्वयात्मक भूमिका निर्वाह गरेमा शिक्षा क्षेत्रले फट्को मार्ने बताए ।

कार्यक्रममा बोल्दै कान्तिपुर स्कुलका प्रिन्सिपल भुवन नेपालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेको कारण कान्तिपुर सबैको रोजाइमा पर्दै गएको बताए । नयाँ व्यवस्थापकीय टिम आएपछि विद्यालयलाई नयाँ उचाइमा पुर्याउन सफल भएको उनको भनाई छ । ‘२०७२ सालमा नयाँ ब्यवस्थापनको टिम आएर विद्यालय चलाउन थालिएको हो । सुरुवाति चरणमा धेरै समस्या भयो । गुणस्तरीय शिक्षा प्रदान गरेपछि विद्यार्थी र अभिभावको रोजाइमा पर्दै भयो । अहिले बिद्यार्थीको अनुपात बढदै भएको छ,’ प्रिन्सिपल नेपालले भने, ‘१४ जनाको समूह रहेको कान्तिपुर फाउन्डेसन द्धारा संचालन रहेको विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म २ हजार ५१६ जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।’  शैक्षिक उन्नयको कार्यमा कान्तिपुरको उत्कृष्ट रहेको उनको दाबी छ । प्रिन्सिपल नेपालले अतिरिक्त क्रियाकलापमा पनि कान्तिपुर सबै अगाडी रहेको बताए ।

कार्यक्रममा विराटनगर महानगरका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले शैक्षिक गुणस्तर उकास्न सबै निकायबीच एकता जरुरी रहेको सुनाए । स्थानीय तहको नियमन–अनुगमन, विद्यालयको व्यवहारिक र प्रयोगात्मक पठनशैली, विद्यार्थीको लगनशीलता र सचेत अभिभावकले शैक्षिक गुणस्तर वृद्धि गर्न सक्ने उनको भनाइ छ । 

कान्तिपुर स्कुलका भाइस प्रिन्सिपल देबिलाल महतोले गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताए । कान्तिपुर फाउन्डेसनको अध्यक्ष खुसिराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममको  संचालन स्कुलका निर्देशक शंकर काफ्लेले गरेका थिए । सोही अवसरमा विद्यार्थीहरुले साँस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.