Websoft University

वि डिभिजन क्रिकेटमा विराटनगर र जहदा विजयी


विराटनगर  । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लव(विसिसिए)र जहदा विजयी भएका छन् ।

पहिलो खेलमा विसिसिएले युनाइटेड क्रिकेट क्लवलाई  ७८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५३ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच राहुल चौधरीले ५५  रन बनाउँदा धिरज कामत अविजित ४६ रन बनाए । युनाइटेडका सुवास राय, अंकित मण्डल र रवानी अन्सारी समान १–१ विकेट लिए ।

१ सय ५४ रनको विजयी लक्ष पछ्याएको युनाइटेडले १८ दशमलव ४ बलमा सवै विकेट गुमाई ७५ रन बनायो । जस्मा यूनिक भट्टराईले २२ रन र सुरज श्रेष्ठले १० रनको योगदान दिए । विसिसिएका कृतिक कामतले ४ विकेट लिँदा अविशेक मण्डलले ३ विकेट लिए ।

दोस्रो खेलमा जहदा क्रिकेट एकाडेमीले कटहरी क्रिकेट क्लवलाई १० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको जहदाले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई १ सय २२ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच सुमन राजवंशीले ३२ रन बनाउँदा  त्रिलोक राजवंशीले १५ रन बनाए । कटहरीका अविशेक कामतले ३ विकेट लिँदा किशन  कामतले २ विकेट लिए ।

१ सय २३ रनको विजयी लक्ष पछ्याएको कटहरीले २३ दशमलव ४ बलमा सवै  विकेट गुमाई १ सय १२ रन बनायो । जस्मा श्रवणकुमार राँयले सर्वाधिक २८ रनको योगदान दिए । जहदाका पाण्डव मण्डलले २ विकेट, विशाल मण्डल र राजेश कामतले २–२ विकेट लिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.