Websoft University

वि डिभिजन क्रिकेटमा झोराहाट र होराइजन विजयी


विराटनगर  । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई  ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाउँदै ७६ रनमा सिमित भयो । जस्मा प्रशन्न माथेमाले सर्वाधिक २६रन बनाए । झोराहाटकाम्यानअफ द म्याच आशिष गुप्ताले सर्वाधिक ४ विकेट लिए ।

७७ रनको विजयी लक्ष पछ्याएको झोराहाटले १८ दशमलव २ बलमा ५ विकेट गुमाई सो लक्ष भट्टाएको छ । जस्मा अलि अन्जरले सर्वाधिक नटआउट १७ रन बनाए । विराटनगरका रवि शर्माले सर्वाधिक २ विकेट लिए ।

दोस्रो खेलमा होराइजनले उर्लाबारी क्रिकेट क्लवलाई १७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २५ ओभरमा ६ विकेट गुमाई १ सय १ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच सुजन भट्टराईले नटआउट३६ रन बनाउँदा अमित भट्टराईले २७ रन बनाए । उर्लाबारीका चन्द्र खत्री र शुसिल अग्रवालले समान २–२ विकेट लिए ।

१ सय २ रनको विजयी लक्ष पछ्याएको उर्लाबारी २३ ओभरमा सवै  विकेट गुमाई ८४ रन बनायो । जस्मा विशेष खत्रीले सर्वाधिक २६ रनको योगदान दिए । विराटनगरका सुशान्त बस्नेतले ३ विकेट लिँदा लविस भण्डारी र श्रवण मण्डलले २–२ विकेट लिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.