Websoft University

बजेट नँया ढंगले बनाउने


श्याम राई, उदयपुर  गाईघाट, २० माघ |  प्रधानमंन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकाले आगामी  बर्षको बजेट नँया ढंगले बनाउन लागेको बताएकाछन् । उनले बजेट बनाउने पुरानो परम्परा र तरिका तोडेर स्थानीय जनप्रतिनिधि सर्ब साधरणसँग राय सरसल्लाह लिएर मात्र बजेट बनाउने बताएकाछन् ।

उदयपुरको रौतामाई गाउँपालिकाको भुंटारमा शनीबार गाउँपालिकाको नबनिर्मित भबनको उद्घाटन गर्दै प्रधानमंन्त्री दाहालले बजेट बनाउदा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट मात्रै बजेट तोकने परम्परा आगामी बर्षको बजेट निर्माण गर्ने क्रममा तोडिने बताए । अब हामी बजेट बनाउदा जनतासँग पहिले सुझाब लिनेछौ । उनले भने । त्यसपछि उनीहरुको सुझाबलाई समेटेर बजेटमा समेट छौ । 

उनले अब ३ करोड भन्दा कम बजेटको योजना प्रदेश र स्थानीय तहमा नै अधिकार दिने गरि बजेट ल्याउने तयारी गर्न लागेको बताए । उनले सरकारले रुग्ण अबस्थामा रहेको उद्योग कल कारखाना संचालनमा ल्याउने तयारी गरिरहेको बताए । हिजो नीजिकरणको नाममा सरकारले सस्तो मूल्यमा कल कारखाना बिक्री गरेर मुलुकको अर्थतन्त्रमा ठूलो क्षेति पुगेको उनले बताए । अब सरकारले कृषिमा आधारीत नँया उद्योग संचालनमा ल्याउने तयारी गरिरहेको बताए । 

म भारत जादा वा चाईना जादा उद्योग खोल्ने बारे केही समझदारी भैसकेको उनले बताए । उनले अब सरकारले ठूलो योजना संचालनको  लागि १० हजार ८ सय मेगावाटको कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेको र योजना निर्माणपछि मुलुकले समृद्धिको दिसामा निकै ठूलो फड्को मार्ने उनले बताए । झण्डै ७ करोड ८७ लाख रुपैयाको लागतमा निर्माण भएको भबन गत वर्ष सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

प्रधानमंन्त्री दाहाललाई सो अबसरमा गाउँपालिकाको तर्फबाट अध्यक्ष बिरेन्द्र मगरले मागपत्र बुझाएका थिए  ।

 

 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.