Websoft University

सुकुम्वासीको घर निर्माणमा मुख्यमन्त्री कार्कीको श्रमदान


विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारकाे घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । उनले जस्ताकाे छानासहितको घर निर्माणका लागि श्रमदान गरेका हुन् ।

घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र लाेग्ने स्वासनी गरी पाँच जना परिवारका सदस्य एउटै सानो झुपडीमा बस्नु पर्ने बाध्यताको अन्त्य भएकोछ ।       घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् । राईकाे घर निर्माणमा प्रतिनिधिसभासदस्य सांसद योगेन्द्र मण्डलले समेतश्रमदानगरेका थिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरीव, दलित, सुकुम्वासीको समेत भएकोले सरकार साथमा छ भन्नका लागि घर निर्माणमा श्रमदान गरेको बताएका हुन् । ´विपन्न गरीवलाई सरकारको अनुभूति गराउनुका साथै निर्वाचनको बेलामा गरेकोवाचा पूरा गर्नसमेत श्रमदान गरेकोछु,` उनले भने, ´गरीवका दुःख समाजका सबैले बुझेर एकअर्कालाई पारिस्परिक सहयाेगकाे भावना समाजिक सञ्जालमा रमाउने अहिलेका युवाहरूमा विकास गराउनका लागि पनि काम गरेको हुँ ।`

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.