Websoft University

मेयर कोइरालाको पहलमा अलपत्र परेकी महिलाको उद्धार


विराटनगर | विराटनगर कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा परिवारको जिम्मा लगाइएको छ ।

महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा ८५ वर्षीया तारादेवी पोद्धारको उद्धार गरी महानगरले परिवारको जिम्मा लगाएको    हो । स्थानीयले अलपत्र परेकी महिलाको बारेमा मेयर कोइरालालाई जानकारी गराएपछि तत्कालै नगर प्रहरीले उद्धार गरेको थियो । मेयर कोइरालाको निर्देशनमा नगर प्रहरीले गाडीमा राखेर विभिन्न स्थानमा पु¥याएर महिलाको घरका विषयमा सोधीखोजी गरेको थियो । एकजना व्यक्तिले उनलाई चिनेपछि घरको पहिचान भएको थियो । विराटनगर–३ दुर्गाचोकस्थित घरबाट घुम्न नस्किएकी पोद्धार बाटो बिर्सिएर कञ्चनबारी पुगेकी थिइन् ।

कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी पोद्धारले सुरुमा आफ्नो घर बुद्धचोक भएको र छोराको नाम भोला भएको बताएकी थिइन् । नगर प्रहरीले एक्कासि तारादेवीलाई लिएर घरमा पुग्दा परिवारका सदस्यहरुबीच कोहोलो मच्चाएर रोएका थिए । 

नगर प्रहरीका सई तीर्थजंग खत्री नेतृत्वको टोलीले छोरा भोला र नातिनी काजलको जिम्मा लगाएको थियो । हराएकी आमालाई सकुशल घरमा पु¥याएपछि नातिनी काजलले महानगरपालिकालाई धन्यवाद दिएकी थिइन् । “महानगरपालिका हाम्रा लागि त भगवान् नै प्रकट भएजस्तो भएको छ,” काजलले रुँदै भनिन्, “मेयर नागेश कोइराला र नगरपालिकालाई हाम्रो धेरैधेरै धन्यवाद छ ।”

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.