Websoft University

विभेद अन्त्यका लागि दाताले बनाएको विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा पढाएर विभेद किन ? - मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदनर कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नो सम्पत्ति दान गरेर बनाएको विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद किन गरिरहेको भन्दै प्रश्न गराएका छन् ।

साजिलाल माध्यमिक विद्यालय सुन्दरहरैंचा ६, दुलारीको ५८ अ‍ौं वार्षिकोत्सवमा मुख्यमन्त्री कार्कीले विद्यालयको विद्यालयमा विभेद विरूद्धको विद्रोहको बीऊ किन रोपिरहेको भन्दै प्रश्न गरेका हुन् । झएउटै विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा पढाएर अबोध बालबालिकाको मनमा धनी र गरीवविचको खाडल किन खनिरहेका छौं रु,ञ उनले भने, झविद्यालयमा पढ्ने विद्यार्थीहरूमा धनीका छोराछोरीले अंग्रेजी र गरीवका छोराछोरी नेपाली माध्यममा पढिरहेको कुण्ठा किन बढाइरहेका छौं, यो कुण्ठाले धनीबिरूद्ध विद्रोहको  जग बनाउने अपराध सहय हुमँदैन ।ञ

गरिवको करले विभेदकारी शिक्षा दिन पाइन्छ भन्दै मख्यमन्त्री कार्कीले प्रश्न गरेका हुन् । झगरीवको करले चलेको विभेदकारी विद्यालयमा प्रदेशसकारले कुनै लगानी गर्दैन,ञउनले भने, साजिलालले विभेद विरूद्ध विद्यालय स्थापन गर्नुभएको थियो तर अहिले त्यही विद्यालयमा विभेदकारी शिक्षा किन रुञ 

भाषाले ज्ञानको मापन नहुने उनको भनाइ थियो । झअंग्रेजी राम्रो जान्नेले महिला हिंसालगायतका अपराध गर्दै हिँडेका छन् ,ञ मुख्यमन्त्री कार्कीले भने,झज्ञानको मापन व्यवहारबाट हुन्छ, सर्टफिकेटबाट हुँदैन ।ञअहिलेसम्म संसारमा मानव जीवन सहज बनाउने भए गरेका सिर्जना विद्यालय शिक्षा र किताबी ज्ञानले नभई प्रकृतिबाट शिक्षा लिएर मात्रै गरेको उनले बताएका हुन् ।

अहिले विद्यालयका चौर र खेल मैदान मासेर सटर निर्माण भइरहेको देख्दा उदेक लागेर आउने गरेको मुख्यमन्त्री कार्कीले बताएका हुन् । झकिताबी ज्ञानभन्दा पनि प्राकृतिक र प्रयोगात्मक शिक्षाले मात्रै ज्ञान प्राप्त हुने गरेको हाम्रा शिक्षकले बुझ्नु आवश्यक छ,ञ उनले भने, झबजेट माग्न आउनेहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि होइन, अनियमितत्ता गर्न भवन निर्माण र आफ्ना छोरी, बुहारीलाई नियुक्ति गर्न शिक्षक दरबन्दी माग्दै आउने गरेका छन् ।ञ

त्यसैले अहिलेको प्रदेश सरकारले सडकको योजना काटेर १० वर्षमुनिका बालाबालिकाको निःशुल्क उपचार, शैलजा आचार्य हृदयरोग केन्द्र, महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहनलगायतका मानवीय विकासका योजना ल्याएर सडकको विकास गर्भमा पुर्याएको मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.