Websoft University

वि डिभिजन क्रिकेटमा विसिए र ग्रमथान विजयी हुँदै सेमिफानलमा


विराटनगर  । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (विसिसि)र ग्रामथान क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा विसिसिले होराइजन क्रिकेट क्लवलाई  ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २३ ओभरमा ७ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । जस्मा सुजन भट्टराईले ४० रन बनाउँदा  अनवर अन्सारीले १३ रन बनाए । विसिसिका कृतिक कामत र अविशेक मण्डलले समान २–२ विकेट लिए ।

१ सय १२ रनको विजयी लक्ष पछ्याएको विसिसिले २० ओभरमा ५ विकेट गुमाई सो लक्ष्य भट्टाएको छ  । जस्मा धिरज कामतले ३९ रन बनाउँदा अमन गुप्ताले २७ रन र कृतिक कामतदे नटआउट २२ रनको योगदान दिए । होराइजनका मनिस मण्डल,अमन मण्डल, सुजल भट्टराई, श्रवण मण्डल र लविस भण्डारी १–१ विकेट विकेट लिए ।

दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लवले जहदा क्रिकेट क्लवलाई  ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको जहदाले निर्धारित २३ ओभरमा ९ विकेट गुमाई १ सय ११ रन बनायो । जस्मा विवेक मुखियाले १७ रन बनाउँदा  विशाल मण्डलले १२ रन बनाए । ग्रमथानका पारस चौधरीले सर्वाधिक ५ विकेट लिए ।

१ सय १२ रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले २२ ओभरमा ७  विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच अनिष  विश्वकर्मा ४३ रन बनाउँदा विकाश कार्कीले १५रनको योगदान दिए । जहदाका आमोद मण्डल र पाण्डव मण्डलले २–२ विकेट लिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.