Websoft University

वि डिभिजन क्रिकेटमा मिल्स र बेलबारी विजयी हुँदै सेमिफान्लमा


विराटनगर  । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफानलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा मिल्स क्रिकेट क्लवले इलाइट क्रिकेट क्लवलाई  २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २३ ओभरको खेलमा २२ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ५ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच विशाल ढकालले ३० रन बनाउँदा विशाल रिसिदेवले १७ रन बनाए । इलाइटका सोनी सिंहले ३ विकेट लिँदा अमर यादव र सलन कामतले समान २–२ विकेट लिए ।

१ सय ६ रनको विजयी लक्ष पछ्याएको इलाइटले २१ ओभरमा सवै विकेट गुमाई ८० रन बनायो । जस्मा सागर मल्लिकले २६ रन बनाउँदा रुद्र साहले १३ रनको योगदान दिए । मिल्सका आयुस श्रेष्ठठले ३ विकेट लिँदा कृष्ण मण्डल र रितीक चौधरीले २–२ विकेट विकेट लिए ।

दोस्रो खेलमा वेलबारी क्रिकेट क्लवले पथरी शनिस्चरे क्रिकेट क्लवलाई  ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पथरीले निर्धारित २५ ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई ९३ रनमा सिमित भयो । जस्मा आवेश कार्कीले १७ रन बनाउँदा  सागर कटुवालले १६ रन बनाए । वेलबारीका विदुर महताराले सर्वाधिक ३ विकेट लिए ।

९४ रनको विजयी लक्ष्य पछ्याएको वेलबारीले १८ दशमलव ४ बलमा ५  विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच दिपेश सुवेदी ४२ रन बनाउँदा सचिन कलुवालले २२ रनको योगदान दिए । पथरीका केविल राई र नेल्सन डैगोलले २–२ विकेट लिए ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.