Websoft University

मिमलको ‘युगको तटमा उभिएर’ कवितासंग्रहमाथि विमर्श


विराटनगर ÷ कवि विमल वैद्यको नवीनतम् कृति ‘युगको तटमा उभिएर’ कवितासंग्रहमाथि आज विराटनगरमा विमर्श गरिएको छ ।

बबरसिंह–देवकुमारी थापा सेवा गुठीले आयोजना गरेको कार्यक्रममा ‘युगको तटमा उभिएर’ कवितासंग्रहमाथि विमर्श गरिएको हो । अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कवि मनु मञ्जिल, सीमा आभास र समीक्षक दिनेश श्रेष्ठले संग्रहका विषयमा चर्चा गर्नुभएको थियो । 

उहाँहरुले संग्रहले समसामयिक विषयलाई सशक्त रुपमा उठान गरेको बताउनुभयो । कार्यक्रममा कवि देवान किराँती, सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल, टीका आत्रेय, मीनकुमार नवोदित, दीपक सम्चू र दीपा दाहालले संग्रहभित्रका कविता वाचन गर्नुभएको थियो । पेज टर्नर प्रालि काठमाडौंले प्रकाशन गरेको सो संग्रहभित्र ३८ वटा कविताहरू संग्रहित छन् ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.