Websoft University

सुपर ओभरमा जित निकाल्दै विराटनगरको विसिसि बन्यो वि डिभिजन क्रिकेट च्याम्पियन

 


पुष्पराज थपलिया-विराटनगर  । सुपर ओभरमा जित निकाल्दै विराटनगरको विराटनगर क्रिकेट क्लब (विसिसि) वि डिभिजन क्रिकेट च्याम्पियन बनेको छ ।

विसिसिले आज वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै वि डिभिजन क्रिकेट च्याम्पियन बनेको हो ।

खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरीमा स्कोर गरेपछि खेल सुपर ओभरमा गएको थियो ।

टस जितेर ब्याटिङ गरेको विसिसिले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । विसिसिका अनिल यादवले ४१ रन बनाउँदा  धिरज कामतले २३रन, अमन गुप्ताले १२ रन र कृतिक कामतले ११ रनको योगदान दिए  ग्रामथानका आर्यन बास्कोटाले ३ विकेठ लिँदा निर्वेश लुइटेलले २ विकेट लिए ।

१ सय ४० रनको विजयी लक्ष पछ्याएको ग्रामथानले निर्धारित ओभरमा सवै विकेट गुमाई १ सय ३९ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो  । ग्रामथानका अनिल विश्वकर्माले २८ रन बनाउँदा आर्यन बास्कोटाले नटआउट २० रन निर्वेश लुइटेलले १७ रन र विकाश कार्कीले १५ रनको योगदान दिए । विसिसिका म्यान अफ फाइनल रितेश झाले ४ विकेट लिँदा आर्यन शाहीले २ विकेट तथा कृतिक कामत , आशिष राजवंशी र अविशेक मण्डलले समान १–१ विकेट विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर विसिसिका राहुल चौधरी ,उत्कुष्ट बलर विसिसिका अविशेक मण्डल  र म्यान अफ द सिरिज पनि विसिसिका कृतिक कामत घोष्ति भए ।

माघ १७ गतेदेखि शुरु भएको प्रतियोगिता मोरङका १६ वटा वि डिभिजन क्लबहरु सहभागि रहेको जिल्ला अध्यक्ष महमद साद बाबुले बताए । विजयी तथा अन्य देलाडिलाई प्रमुख अतिथि पूवै राष्ट्रिय खेलाडि नन्दकिशोर राठी,  मोर क्रिकेट सँघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.