Websoft University

क्षयरोगका बिरामीलाई पोषण सामग्री वितरण


विराटनगर | विराटनगर महानगरपालिकाले क्षयरोग (टिवी)का बिरामीलाई पोषण सामग्री वितरण गरेको छ ।

महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले पोषण सामग्री वितरण गर्नुभयो । विराटनगर महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा उपचाररत क्षयरोगीका बिरामीहरुलाई महानगरले पोषण सामग्री वितरण गरेको हो । पोषण सामग्रीमा २५ किलोको एक बोरा चामल, तेल, दाल, सर्वोत्तम पिठो, चना, स्वायबिन, अण्डालगायतका सामग्री वितरण गरेको छ ।

महानगरअन्तर्गतका विभिन्न स्वास्थ्य चौकी र केन्द्रमा ११ जना क्षयरोगीले नियमित उपचार गराइरहेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक दिलीप यादवले जानकारी दिनुभयो । विएनएमटी नेपालसँगको सहकार्यमा महानगरले क्षयरोगका बिरामीलाई ६ महिनासम्म पोषण सामग्री उपलब्ध गराउनेछ । 

उनीहरुको पोषणको अवस्थाबारे नियमित परीक्षणसमेत गरिनेछ । शरीरमा पोषणको मात्रा हेरेर क्षयरोगका बिरामीलाई थप उपचार गरिने उहाँले बताउनुभयो । मोरङको विराटनगर महानगरपालिका र केराबारी गाउँपालिकालाई क्षयरोग (टीवी)मुक्त बनाउने गरी काम गरिरहेको वीएनएमटीकी पुनम पुरीले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.