Websoft University

विसिए र ग्रामथान विजयी हुँदै वि डिभिजन क्रिकेटको फानलमा


विराटनगर  । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (विसिसि)र ग्रामथान क्रिकेट क्लव विजयी भई फानलमा प्रवेश गरेका छन् ।फाइनलमा प्रवेश गरेसँगै दुवै टिम ए डिभिजनमा प्रवेश गरेको छ ।

पहिलो खेलमा विसिसिले मिल्स क्रिकेट क्लवलाई  ८ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । फाइनलमा प्रवेश गरेसँगै विसिसि ए जिभिजनमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १३ ओभरमा ३ विकेट गुमाई ९१ रन बनाएको थियो । जस्मा पृथ्वी सुब्बाले २९ रन बनाउँदा  विशाल ढकालले २४रन बनाए । विसिसिका अविशेक मण्डलले १ विकेट लिए ।

९२ रनको विजयी लक्ष पछ्याएको विसिसिले ११ दशमलव ३ बलमा २ विकेट गुमाई सो लक्ष्य भेट्टाएको छ  । विसिसिका म्यान अफ म्याच राहुल चौधरीले अविजित ५२ रन धिरज कामतले १७ र कृतिक कामतले नटआउट १२ रनको योगदान दिए । मिल्सका विशाल ढकालले १ विकेट विकेट लिए ।

दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लवले वेलबारी क्रिकेट क्लवलाई  २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वेलबारीले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई १ सय १२ रन बनायो । जस्मा प्रिवित भगतले २० रन बनाउँदा  दिपेश सुवेदीले १७ रन बनाए । ग्रामथानका आशिष गुप्ताले ३ विकेट लिँदा अनिष सापकोटाले २ विकेट लिए ।

१ सय १घ रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले १९ ओभरमा ८  विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच सुमन श्रेष्ठ ३३ रन बनाउँदा अन्जर अलीले १५रनको योगदान दिए । वेलबारीका निमेश चापागाईले सर्वाधिक ४  विकेट लिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.