Websoft University

अबैधरुपमा निकासी हुँदै गरेको काठ सहित ट्रक पक्राऊ


श्याम राई, उदयपुर  गाईघाट, २३ माघ | अबैधरुपमा निकासी हुँदै गरेको काठ सहित ट्रक पक्राऊ परेको छ ।

प्रहरी गस्तीटोलीले सोमबार साँझ उदयपुरको चौढण्डीगढी नगरपालिका–६ रातमाटेबाट ५ सय सेफटी उतीस जातको गोलिया काठ बोकेको ना ५ ख १५१ नम्बरको ट्रक सहित गाडीका चालक पर्सा बिरगंज महानगरपालिका–१० का ३६ वर्षिय बलराम गिरी र सह– चालक ताप्लेजुङं फुङलिङ नगरपालिका–३ का २३ वर्षिय राजेश सुनुवारलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।

उदयपुरको ताप्लिबाट सुनसरीको ईनरुवातर्फ जादै गरेको उक्त काठको निकासी अनुमति नभएकोले पक्राऊ गरिएको प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए । काठ सहितको ट्रक र पक्राऊ परेका दुबै जनालाई डिभिजन वन कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.