Websoft University

शैक्षिक सुधारको माग गर्दै विद्यार्थी परिषद् कोशी प्रदेशले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र


विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएको छ ।
 

आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई मार्फत परिषद्ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । 

शिक्षा क्षेत्रको समग्र सुधारका लागि परिषद्ले सञ्चालन गरेको राष्ट्रव्यापी शैक्षिक अभियान २०८० मा उठान भएका माग एवम् सुझावहरू प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएको कार्यक्रम संयोजक अभिषेक पोखरेलले जानकारी दिए । 

परिषद्ले केही समय अगाडी विभिन्न कलेजका विद्यार्थी र शिक्षकहरूलाई वर्तमान शिक्षाको अवस्थाबारे शैक्षिक सर्वेक्षण फारम मार्फत सुझाव संकलन गरेको थियो । 

त्यहीबाट संकलित सुझावहरूलाई आधार बनाएर कोशी प्रदेश सहित देशैभरबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ३० बुँदे सुझाव सहितको ज्ञापन पत्र बुझाएको परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.