Websoft University

प्राज्ञिक विद्यार्थी परिषद्को देशव्यापी सदस्यता अभियान


विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सदस्यता अभियान सुरु गरेको छ । परिषद्ले आइतबारबाट कोशी प्रदेशसहित देशभरी नै सदस्यता वितरण अभियान सुरु गरेको हो । 

पुस १ देखि सुरु भएको सदस्या वितरण अभियान पुस ११ गतेसम्म संचालन हुने छ । विराटनगरमा नेशनल एकेडेमीबाट सदस्यता वितरण अभियानको शुभारम्भ गरिएको थियो । 

यस्तै दोस्रो दिन पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई सदस्यता वितरण गरिएको कोशी प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिए । यस्तै धनकुटा स्थित दृष्टि एकेडेमी र धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई सदस्यता वितरण गरिएको उनले जानकारी दिए । 

११ गतेसम्ममा देशका सबै जिल्लाका क्याम्पसहरूमा सदस्यता वितरण गरिने परिषद्ले जनाएको छ । 

परिषद्ले शिक्षाक्षेत्रलाई दलीय राजनीतिक मुक्त क्षेत्र बनाउन, विद्यार्थीलाई समग्र विकासका लागि विविध रचनात्मक गतिविधिसँग जोडिन, राष्ट्र प्रथम भावको विचारसँग आवद्ध रहन र विद्यार्थी शक्तिलाई राष्ट्र शक्तिको रूपमा सदुपयोग गर्न अभियानलाई गति दिएको जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.