Websoft University

बखरी आभारभूत विद्यालयको ३८ औं वाषिकोत्सव- शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य जरुरी - मेयर कोइराला


विराटनगर ÷ विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सवका अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा १६ वर्षदेखि विद्यालयमा अध्यापनरत गीता ढकाललाई सम्मान र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्मान र पुस्कार प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले शिक्षक, अभिभावक र विद्यार्थीबीचको समन्वय र सहकार्यले मात्रै शिक्षाको गुणस्तर वृद्धि गर्न सकिने बताउनुभयो । 

शिक्षकले कार्यालय समयभरि बसेर पढाउने, विद्यार्थी मेहनत गरेर पढ्ने र अभिभावकले विद्यार्थीलाई सधैं विद्यालय पठाउने हो भने गुणस्तर वृद्धि हुने उहाँको भनाइ थियो । महानगरले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको मेयर कोइरालाले बताउनुभयो । “कक्षा १२ पढिसक्दा एउटा हातमा पढाइको सर्टिफिकेट र अर्को हातमा सीपको सर्टिफिकेट भयो भने मात्रै जब पाउने अवस्था छ । अब पढाइको सर्टिफिकेटको आधारमा मात्रै रोजगारी पाउने अवस्था छैन,” उहाँले भन्नुभयो, “त्यही भएर महानगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ ।”

समाजसेवी मणिकुमार अज्र्यालले आफ्ना बुवाको नाममा स्थापना गरेको गुणगोपाल अज्र्याल स्मृति छात्रवृत्तिसमेत प्रदान गरिएको थियो । त्यस्तै समाजसेवी अश्विनी अज्र्याल र बिना अज्र्यालले विद्यालयमा अक्षयकोष स्थापना गर्ने गरी १ लाख नगद प्रदान गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक गोविन्द गजुरेलले केही वर्षभित्र विराटनगरकै नमुना विद्यालय बनाउने गरी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले विद्यालयको आगामी योजनासमेतलाई समेटेर तयार पारेको प्रतिवेदन प्रस्तुत गर्दै भौतिक संरचनामा सुधार गरी मावि बनाउने गरी काम गरिरहेको बताउनुभयो । विद्यालयमा २१५ जना विद्यार्थी अध्ययनरत छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.