Websoft University

धर्मले मानिसलाई अनुशासित बनाउँछ - मेयर कोइराला


विराटनगर ÷ ख्रीष्टमसका अवसरमा विराटनगरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

इसाई समाज विराटनगरको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाल भौगोलिक क्षेत्रफलमा सानो मुलुक भए पनि धर्म र संस्कृतिका हिसाबले विशाल भएको बताउनुभयो । उहाँले नेपाल बहुभाषी, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको बताउँदै एउटा धर्म मान्ने समुदायले अर्काे धर्म मान्ने समुदायलाई उच्च आदार र सम्मान गर्ने गरेको उल्लेख गर्नुभयो ।

मेयर कोइरालाले गैरहिन्दूले दसैंमा टिका लगाएर रमाइलो गर्ने र गैरइसाई धमावलम्बीले समेत ख्रीष्टमस मनाउने गरेको स्मपरण गराउनुभयो । उहाँले धर्मले मान्छेलाई अनुशासित बनाउने गरेको दाबी गर्नुभयो । विराटनगर महानगरपालिकाले सबै जातजाति, भाषाभाषी, धर्म र संस्कृतिको संरक्षण गर्ने उहाँले प्रस्ट पार्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.