Websoft University

आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण


विराटनगर ÷ स्थानीय तहमा आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालन गर्दा हुने लाभका विषयमा जानकारी दिइएको थियो । महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको अभिमुखीकरणमा योजना महाखाका कर्मचारी, प्राविधिक, १९ वटै वडाका सचिवलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा योजना बैंक विज्ञ डा. गणेश गौतमले ७५३ वटा पालिकामा एउटै प्रणाली लागू गर्न सकिए सहज हुने बताउनुभयो । उहाँले एउटै प्रणालीमा रहेर काम गरेमा राम्रो हुने दाबी गर्नुभयो । टोल वस्तीमा गरेर योजना छनौट गरे पनि त्यसलाई आयोजना बैंकको सर्भरमा प्रविष्ट गर्न सकिने उहाँको भनाइ थियो ।

आयोजना बैंकमार्फत एक–अर्का पालिकाबीच तथ्यांक आदानप्रदान गर्नसमेत सजिलो र सहज हुने गौतमले बताउनुभयो । तीनै तहको सरकारले एउटै प्रणालीमार्फत आयोजनाहरु प्रविष्ट तथा भ्रण्डारण आयोजनाहरु नदोहोरिने गौतमको भनाइ थियो । राष्ट्रिय योजना आयोगले पूर्वतयारी बिना कुनै पनि आयोजनालाई बजेट विनियोजन नगर्न, आयोजनाहरुमा दोहोरोपन हुन नदिन र आयोजनासँगै सम्बन्धित धेरैभन्दा धेरै कागजातहरुलाई कागजविहीन बनाउनका लागि अनलाइन प्रविष्ट गर्न क्लाउडबेस स्टोरेजको सुविधा प्रदान गर्न आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ । सो अवसरमा स्थानीय आयोजना बैंक सञ्चालनका लागि मेयर कोइरालालाई प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सफ्टवेयर प्रणाली वडादेखिपालिकास्तरसम्मकार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.