Websoft University

उद्योग प्रतिष्ठानका प्राविधिकको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना


विराटनगर २०८० मंसिर २७गते | उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा यस क्ष्ँेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुका लागि वाह्र दिने उर्जा दक्षता अभिवृद्धि तालिम प्रारम्भ भएको छ ।  

 तालिमको प्रारम्भ गर्दै संगठनका अध्यक्ष्ँ राकेश सुरानाले उद्योग प्रतिष्ठानको उत्पादकत्व र वस्तुको गुणस्तर प्रँविधिकहरुमा निर्भर रहने भएकाले उर्जा दक्ष्ँता तालिमको आयोजना गरिएको वताए । उनले उद्योगहरुले प्राप्त उर्जाको व्यवस्थापन गरी त्यसबाट वढी भन्दा वढी लाभ लिनसके उद्योगको उत्पादन खर्च कटौतिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उद्योगहरुको लागि आवश्यक दक्ष प्राविधिकको विकासलाई मध्यनजर गरी यसप्रकारको तालिम आयोजनालाई भविष्यमा पनि निरन्तरता दिने अध्यक्ष्ँ सुरानाले वताए ।

 इन्स्योर परियोजनाका कोशी प्रदेश प्रमुख संजव कुमार राईले परियोजनाले आगामी दिनमा उद्योग प्रतिष्ठानका आवश्यकता अनुरुप नया क्ष्ँेत्र पहिचान गरी सोही आधारमा पाठयक्रम विकास गरी थप तालिम संचालन गरिने जानकारी दिए । दक्ष जनशक्तिले उद्योगको उत्पादकत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस प्रकारको तालिम आवश्यक रहेको औल्याए ।

 तालिमका प्रशिक्ष्ँक संजय कुमार साहले तालिम अवधिमा प्राविधिकहरुलाई उर्जा खपत न्यूनिकरणका उपायहरु, खेर गईरहेको उर्जा नियन्त्रण तथा मेशिनको प्रयोग र संचालन विधि, प्राप्त उर्जाको समूचित उपयोग एवं व्यवस्थापन, उर्जा दक्ष्ँता पद्धती र महत्वका विषयमा सिकाईने वताए ।

 वाह्र दिनसम्म संचालन हुने तालिमका यस क्ष्ँेत्रका विउिद्योग प्रतिष्ठानका वीश जना प्राविधिकहरुको सहभागिता रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.