Websoft University

तीनमहिने सिलाइ बुनाई तालिम सम्पन्न




विराटनगर ÷ एविसी नेपालले आयोजना गरेको तीन महिने सिलाई बुनाई तालिम सम्पन्न भएको छ ।

गत भदौ २४ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र बिऊ पुँजीसमेत वितरण गरिएको थियो । एवीसी नेपालकी अध्यक्ष विष्ण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेयर कोइरालाले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । आफूले सिकेको सीप जीवनभरि रहने उहाँको भनाइ थियो । आफूसँग भएको सीप कसैले चोरेर र खोसेर लान नसक्ने मेयर कोइरालाले बताउनुभयो । 

कार्यक्रममा युएनएफपीए कोशी प्रदेश प्रमुख श्याम थापा, वैधनाथ कर्ण, भिएसओका संयोजक सुनिल साहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यअन्तर्गत सिलाईबुनाई तालिम आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष विष्णु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षार्थीहरुलाई २५ हजार रुपैयाँ बराबरको सिलाई मेसिन र अन्य सामग्री प्रदान गरिएको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.