Websoft University

सिद्धकाली मन्दिर परिसरमा सत्यदेवीको दायाँ सतिनयन प्रस्थिापन


मोहन कुमार राई ÷ मंसिर १६ गते | रातो तारा डट कम, संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा नं.३ स्थित पूर्वकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिर परिसरमा सत्यदेवीको दाया सतिनयन प्रतिस्थापन गरिएको छ ।

शनिवार माननीय संघीय सांसद दिपक खड्काद्वारा एक कार्यक्रमका वीच सतिनयन प्रतिस्थापनको उद्घाटन गर्नुभएको हो । उद्घाटनको क्रममा स्थानीय वासीहरुले नै मिलेर कामगर्ने हो भने मुलुकको विकास चाडै हुने वताउनु हुदै धर्म र संस्कृति वचनउन पनि हामी सबै लाग्न आग्रह गर्नुभयो ।  

स्वस्थानी व्रत कथामा उल्लेखित सत्यदेवीको दाहीन आँखा पतन भएको ठाउँ हाल सिद्धकली मन्दिर परिसरमा चैनपर नगरपालिका वडा नं. ६ निवासी हाल काठमाण्डौ वस्दै आउनुभएका लोकदर्शन श्रेष्ठ तथा धर्मपत्नी इन्दिरा श्रेष्ठको लगानीमा सतिनयन तयार गरिएको हो । लाखौ रकम खर्चेर भारतको राजस्थानमा मार्वलद्वारा निर्मित ३ सय ८० केजीको सतिनयन मन्दिर परिसरमा प्रतिस्थापन गरिएको श्रेष्ठले वनाउनुभयो । धार्मिक आस्था एवं पर्यटकिय विकासमा टेवा पुगोस भनेर सतिनयन प्रतिस्थापन गरिएको समेत श्रेष्ठले वताउनुभयो ।

प्रतिस्थापन कार्यक्रमको अवसरमा मन्दिर सरक्षक सम्वन्दन समितिका अध्यक्ष भरत कुमार खत्रीले चैनपुर नगरपालिकाबाट बाहिर रहेर यस ठाउँ प्रति माया गरेर सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिनुहुँदै यस पवित्र भूमिमा धार्मिक पर्यटक बढेको वतउनुभयो । धार्मिक एवं समाजसवी व्यक्तित्व लोक दर्शन श्रेष्ठ तथा वहाँकी धर्मपत्नी इन्दिरा श्रेष्ठले आफ्ना पितृहरुको सम्झनामा सतिदेवीको दायाँ नयन (सतिनयन ) प्रतिस्थापन गरी धार्मिक क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै मन्दिर संरक्षण सम्वर्दन समितिद्वारा श्रेष्ठ दम्पतीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा भुमी आयोग संखुवासभाका अध्यक्ष शंकरमान कँडेल, समजसेवी एवं वद्धिजीवी दिपक लिम्बू सशस्त्र प्रहरी अरुण गुल्म नं. ४ चैनपुरका प्रमुख डिएसपी सञ्जीव पोखरेल, इलाका प्रहरी कार्यालय चैनपरका प्रमुख बाबुराम कार्की, ईलाका प्रशारन कार्यालय चैनपर का प्रमुख दिनेश वस्नेत, चैनपुर नगरपालिका प्रमुख प्रशसकीय अधिकृत सन्तोष श्रेष्ठ लगायत सरकारी कार्यालय तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,  स्थिन नगरपालिकाका वडाध्यक्ष लगायतको जनप्रतिनिधिहरु, भक्तनहरुको वाक्लो उपस्थिति थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.