Websoft University

पत्रकार शर्मा र मानवअधिकारकर्मी कट्टेल सम्मानित


विराटनगर ÷ ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर मानवअधिकार सञ्जाल मोरङले दुईजना मानवअधिकारकर्मीलाई सम्मान गरेको छ ।

आइतबार विराटनगरमा आयोजित कार्यक्रममा मानवअधिकारका क्षेत्रमा लामो समयदेखि कार्य गरेबापत वरिष्ठ पत्रकार यज्ञ शर्मा र इन्सेककी वाग्मता कट्टेललाई सम्मान गरिएको थियो । सञ्जाल मोरङ अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ डिसेम्बर १० मा प्रतिपादित भएपछि त्यसैको आधारमा धेरै अन्तर्राष्ट्रिय कानुनहरु निर्माण भएको बताउनुभयो । सो घोषणापत्रमा नागरिक तथा राजनैतिक अधिकारहरु र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरु समेटिएको उहाँको भनाइ थियो ।

नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछि नागरिक तथा राजनैतिक अधिकारहरु धेरै प्राप्त भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरु अहिले पनि प्राप्त गर्न आमनेपालीले संघर्ष गरिरहनु परेको मेयर कोइरालाले बताउनुभयो । खान पाउने र लगाउन पाउने अधिकारबाट धेरै नेपाली अझै पनि वञ्चित रहेकाले तीनै तहको सरकार र मानवअधिकारका क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरुको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्नेमा उहाँको जोड दिनुभयो । 

मेयर कोइरालाले भन्नुभयो, “बालविवाह, यौनहिंसा, लैंगिक हिंसा, बढ्दो प्रविधिको प्रयोगका कारण सिर्जित लैंगिक हिंंसा  र मानसिक समस्यालाई चुनौतीका रुपमा लिई अगाडि बढ्नुको विकल्प छैन ।” कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्कीसहित गैसस महासंघ कोशी प्रदेश अध्यक्ष लखनलाल मण्डल, मोरङ अध्यक्ष विष्णु शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.