Websoft University

दशौँ विश्व माटो दिवस

 


उदयपुर ।  ‘‘माटो र पानी जीवनको थालनी ’’  भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ  विश्व माटो दिवस मनाइएको छ । त्रियुगा नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकामा व्यबसायीका कृषि गर्दै आएका कृषकहरु हातमा प्ले कार्ड बोकेर ¥याली गर्दै गाईघाट बजार परिक्रमा गरेका थिए ।

 नगरपालिकाले यस अघि व्यबसायीका कृषि गर्दै आएका १ सय कृषकको खेतीमा पुगेर माटो परिक्षण गरेको थियो । माटो चेक गराएका १ सय कृषकलाई आज ‘सोयल हेक्थ कार्ड’ (माटो सम्बन्धी जानकारी सहितको पत्र) वितरण गरिएको थियो ।

 ¥याली पछि त्रियुगा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा कृषकहरुलाई सम्धोधन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि सम्बन्धित किसान र सरोकार वालालाई आग्रह गरे ।

अहिले रासायनिक मलको प्रयोगले माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दै गएकाले सम्पूर्ण सरोकारवाला र कृषकलाई एकताबद्ध बनाएर जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विश्व माटो दिवस नगरपालिकामा मनाउन सुरु गरिएको मेयर बस्नेतले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.