Websoft University

एमबिबिएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ८ जना विद्यार्थीलाई ग्रिनल्याण्डको सम्मान


विराटनगर । विराटनगर ९ मा रहेको ग्रिनल्याण्ड कलेजले २०८० सालको परीक्षामा एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ८ जना विद्यर्थाीहरुलाई सम्मान गरेको छ ।
 

कलेज परिसरमा आज एक कार्यक्रमको बीच ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । 

कलेजका ईसान सिंह यादव,  अमित यादव,  रोहनकुमार  प्रभाकर, सविना चौधरी,  अनमोल झा,  कृपा खड्का,  शत्रुधन साह र   आकृती बस्नेतलाई कलेजले सम्मान गरेको छ । उनीहरुले एमबीबीएस अध्ययनको लागि पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएकोले कलेजले सम्मान गरेको कलेजले जनाएको छ । उनीहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे। 
 
एमबीबीएसमा पूर्ण क्षेत्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी अमित यादबले कडा मेहनतको कारणले आज सफलता मिलेको बताए  । लगनशील भएर अध्ययन गर्दा एक दिन सफलता मिल्ने उनले बताए। लक्ष्य लिएर पढदा एमबिबिएसमा नाम निकाल्न सफलता मिलेको उनले बताए । ‘कक्षा कोठा र घरमा नियमित १५ घण्टा पढदा एक दिन सफलता मिल्छ,’ उनले भने ।  

यसैगरी एमबीबीएमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने अर्का छात्रा कृपा खड्का शिक्षकहरूले पढाइको र हाम्रो मेहनतको कारणले सफलता मिलेको सुनाइन् । 

कार्यक्रममा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर शैक्षिक हबको रुपमा विकास भईरहेको बताए । अहिले युवा जनशक्ति विदेश पलायन भइरहेको जानकारी दिदै युवा पलायन रोक्न अबको शिक्षा रोजगारमुखी शिक्षा हुनुपर्नेमा जोड दिए । उनले आजको आवश्यकता प्राविधिक शिक्षा जरुरी भएको बताए । प्राविधिक ज्ञान भएका विद्यार्थी वेरोजगार बस्न नपर्ने भएकोले अबको प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.