Websoft University

लागुऔषध गाँजा सहित १ जना पक्राउ


सुनसरी, कार्तिक २१ गते । सुनसरीको दुहवी नगरपालिका(८ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका(७ धनकुटाका २१ बर्षीय अनिश तामाङ रहेका छन । तामाङले चलाएको प्रदेश १(०२(०४२ प ३७५४ नम्वरको मोटरसाईकलमा रहेको झोलाबाट इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले ३१ किलोग्राम गाँजा बरामद गरेको हो ।  

हिजो बिहान दुहबी(८ स्थित कोशी लोकमार्गमा को।१ह ८४७८ नम्वरको सिटी सफारी र प्रदेश १(०२(०४२ प ३७५४ नम्वरको मोटरसाईकल ठक्कर लागी दुर्घटना हुदाँ मोटरसाईकल चालक तामाङ सहित सिटी सफारी चालक तथा सिटीमा सवार २ जना मानिस समेत घाईते भएकोमा तत्काल इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि स्थानिय जीवनज्योती स्वास्थ्य सेवा प्रा।लि।मा लगि उपचार गराएको र दुर्घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिने क्रममा मोटरसाईकलमा रहेको कालो रंगको भिर्ने झोला र ३ वटा जेब्रा झोलामा ३१ किलोग्राम लागुऔषध औषध गाँजा फेला परेको हो । मोटरसाईकलमा रहेको झोलाबाट गाँजा बरामद भए संगै उपचार पश्चात तामाङलाई नियन्त्रणमा लिई सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.