Websoft University

विराट मेडिकल कलेजको कविता प्रतियोगितामा श्रद्धा प्रथम


विराटनगर ÷ विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आयोजना गरेको कविता प्रतियोगितामा श्रद्धा दाहाल प्रथम हुनुभएको छ ।

विराट फिस्टा–२०२३ अन्तर्गत कलेजले मंगलबार आयोजना गरेको कविता प्रतियोगितामा ‘जीवन र अस्तित्व’ शीर्षकको कविता वाचन गरेर दाहाल प्रथम हुनु भएको हो । त्यस्तै ‘सब तेरे साथ हे’ हिन्दी भाषाको कविता वाचन गरेर अनन्त उपाध्याय द्वितीय हुनुभयो । कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार डा. सूर्य पराजुली, सञ्चारकर्मी लीना थापाको निर्णायक समितिले प्रतिस्पर्धीहरुमध्येबाट पुरस्कृतको नाम छनौट गरेको थियो । प्रतियोगिताको प्रमुख निर्णायकसमेत रहेका नवोदितले साहित्यकार कहिल्यै पूर्व नहुने बताए । उनले मेडिकलका विद्यार्थी भएर पनि उत्कृष्ट सिर्जना गरेको भन्दै प्रशंसासमेत गरे ।

प्रतियोगीहरुले नेपाली, हिन्दी र अंग्रेजी भाषाका कविता वाचन गरेका थिए । विद्यार्थीहरुको सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरेको कलेजले जनाएको छ । विराट फिस्टाअन्तर्गत कलेजले कविता, खेलकुदलगायतका विभिन्न प्रतियोगिताहरु आयोजना गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.