Websoft University

जनताबाट गुनासो नआउने गरी काम गर्न मेयर कोइरालाको निर्देशन


विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुशासन कायम गर्दै जवाफदेहिता र जिम्मेवारीपूर्वक जनताको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

बुधबार महाशाखा र शाखा प्रमुखहरुको नियमित बैठकमा मेयर कोइरालाले जनताबाट गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो । महाशाखा र शाखाअन्तर्गतको जिम्मेवारीलाई योजनाबद्ध रुपमा समयमै सम्पादन गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिनुभयो । आफू निर्वाचन भएर आएदेखि नै सुशासनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । “जनप्रतिनिधिले बनाएका योजना तपाईंहरुले कार्यान्वयन गर्ने हो,” मेयर कोइरालाले थप्नुभयो, “जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य र एकताले विराटनगरवासीको चाहना पूरा गर्न सकिन्छ ।”

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतसमेतको उपस्थितिमा भएको बैठकमा महाशाखा र शाखा प्रमुखहरुले आफ्नो शाखा तथा महाशाखाको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.