Websoft University

उपमेयर कार्कीको उपस्थितिमा सफाई महिला कर्मचारीलाई पोशाक वितरण


विराटनगर ÷ रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सफाई महिला कर्मचारीहरुलाई पोशाक वितरण गरेको छ ।

विराटनगरस्थित बालिका विद्यालयमा आयोजित कार्यक्रममा संस्थाले घर–घरमा गएर सरसफाई गर्ने महिलाहरुलाई पोशाक वितरण गरेको    हो । कार्यक्रमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले सफाई महिला कर्मचारीलाई सारी, चोलो, खाजा, मिठाई र जुस वितरण गर्नुभएको थियो । तिहार र छठ पर्वलाई ध्यानमा राखेर ५० जना सफाई कर्मचारीलाई पोशाकसहितका सामग्री वितरण गरिएको कार्यक्रम संयोजक गिरिजा सारडाले जानकारी दिनुभयो ।

त्यस्तै सोही अवसरमा प्लाष्टिकको झोला प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यका साथ कपडाको झोलासमेत वितरण गरिएको थियो । बालिका विद्यालयको पर्खालमा नेपालको संस्कृति र कला झल्किने चित्रहरु बनाइए आयोजक संस्थाकी अध्यक्ष  कुसुम सेनवाला बताउनुभयो । कार्यक्रममा उपमेयर कार्कीले विराटनगरको विकासमा रोटरीजस्ता सामाजिक संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । सबैको सहकार्यले मात्रै विराटनगरको चौतर्फी विकास हुने उहाँको भनाइ थियो ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.