Websoft University

Road Simulation को प्रयोग बारे ट्राफिक सचेतना सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम


बिराटनगर | 
बिद्यालयको छाता संगठन प्याब्सन, एनप्याब्सन र हिसानका पदाधिकारीहरुसंग  Road Simulationको प्रयोग बारे ट्राफिक सचेतना सम्बन्धी अन्तरक्रिया तथा छलफलकार्यक्रम सम्पन्न भएको छ । 

बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराउने उदेश्यले कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीको आयोजनामा कोशी प्रदेश प्रहरी कार्यालयको  सभाहलमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीका प्रहरी नायव उपरीक्षक मोहन बिक्रम दाहालले ट्राफिक सचेतना सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो भने प्रदेश प्रहरी प्रमुख बास्तोलाले बिद्यार्थीहरुलाई ट्राफिक नियमको बारेमा सू-सूचित गराउन सकेमा मात्र सडक दुर्घटनामा कमी आउने र सडक शुसासन कायम हुन सक्ने अभिप्रायले छलफल तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको बताउँदै अबका दिनमा बिद्यालयहरुमा Road Simulation को प्रयोग बारे ब्यबहारीक ज्ञान दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा मोरङ जिल्लाका प्याब्सन, एनप्याब्सन र हिसानका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.