Websoft University

६८ औ प्रहरी दिवशको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण


सुनसरी, असोज २५ गते । ६८ औ प्रहरी दिवशको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गरिएको छ । 

सुनसरीको धरान उप(महानगरपालिका(१६ मा रहेको श्री भगवती आधारभुत  बिद्यालयमा आज एक कार्यक्रमको आयोजना गरी संघकी अध्यक्ष श्रीमती बास्तोला लगायत संघका पदाधीकारीहरुले बिद्यालयमा अध्ययनरत ९० जना बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गर्नु भएको हो । 

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सेवा नै धर्म हो भन्ने भावनाका साथ निरन्तररुपमा यस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ । कार्यक्रममा स्थानिय जन प्रतिनिधीहरु, संचारकर्मीहरु, बिद्यालयका पुर्व बिद्यार्थीहरु तथा स्थानियवासीहरुको समेत उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.