Websoft University

ठेकदार भागे पछि माहुरे–सिम्पानी सडकको मर्मत सम्भार शुरु


श्याम राई÷उदयपुर  गाईघाट, ४ जेष्ठ | काम अलपत्र पारेर बेपत्ता हुने निर्माण व्यावसायीको धरौटी रकमबाट खर्च गरेर सडक विभागले गाईघाट–दिक्तेल सडक अन्तर्गतको माहुरे–सिम्पानी सडकको मर्मत सम्भार शुरु गरेको छ ।

सगरमाथा राजमार्ग अन्तर्गतको माहुरेदेखि राजापानीको सिम्पानीसम्मको २२ किलोमिटर सडकको कालोपत्रे गर्ने ठक्का लिएको भारत कन्ट्रक्शन÷सिद्धि साही जेभिले काम अलपत्र पारेर हिडेपछि योजना कार्यालयले निर्माण व्यावसायीले राखेको धरौटी रकमबाट खर्चगरि मंगलबारबाट देखि सडक निर्माणको काम शुरु गरेको योजना प्रमुख डिई गोपाल खकुरेलले बताए ।

 उनले अहिले कार्यालयबाट मेशनरी सामानहरु पठाएर काम द्रुत गतिमा शुरु भएको बताए । निर्माण व्यावसायीले काम अलपत्र पार्दा उक्त सडक खण्डमा यातायात संचालनमा कठिनाई हुदै आएको थियो । ‘अहिले हामीले सडकको खाल्डाखुल्डी पुर्ने, ग्राभेल हाल्ने काम शुरु गरेका छौ ।’ उनले भने । 

हामीले पटक पटक पत्रचार गरेर व्यावसायीलाई काम चाँडो गर्न अनुरोध गरेकोमा केही सुनुवाई नभए पछि बाध्य भएर आफैले काम गर्नु प¥यो । उनले भने ६÷७ महिना देखि हाम्रो काम नै व्यावसायीलाई ताकेता गर्न मै वित्यो । खकुरेलले भने ।

 अब हामी २० दिन भित्रमा सबै काम सक्ने गरि दु्रत गतिले काम शुरु गरेका छौ । उनले भने । उक्त कन्ट्रक्शनले काम वापत १ करोड रुपैया धरौटी राखेको थियो । निर्माण व्यावसायीले निर्माण स्थानदेखि सबै सामाग्री गत माघ महिना देखि उठाएर लगेको थियो ।

 

 

 


 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.