Websoft University

नियन्त्रित औषधी सहित २ जना पक्राउ


बिराटनगर जेठ ४ गते | अन्दाजी १२:३०
 बजेको समयमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा न. ३ सुनपकुवा स्थित निशान धिमालको घरमा प्रतिबन्धित औषधी ओसारपसार तथा बिक्रि बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटिई गई खानतलासी गर्ने क्रममा निम्न ब्यक्तिहरूलाई निम्नानुसारको नियन्त्रित औषधी सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको । 

 

बरामद औषधीहरू तथा सामाग्रीहरू 

(क) नियन्त्रित औषधी TRAMADOL HYDROCHLORIDE CAPSULES -२२८ (दुई सय अठ्ठाईस) क्याप्सुल ।

(ख) नियन्त्रित औषधी  SPASPAIN ( स्पासपेन) - २२८ (दुई सय अठ्ठाईस) क्याप्सुल ।

(ग) प्र. नं. १ -१०१२ प १२०५ नम्बरको स्कुटर थान-१ ।

(घ) सामसुङ कम्पनीको मोबाईल थान -

 

पक्राउ ब्यक्तिहरू : 

(१) जिल्ला मोरङ उर्लाबारी नगरपालिका बडा नं. ३ सुनपकुवा बस्ने बर्ष २१ को निशान धिमाल ।

(२) जिल्ला मोरङ उर्लाबारी नगरपालिका वार्ड नं. ८ बस्ने बर्ष २३ को निरोज कुमार लिम्बु ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.