Websoft University

व्यवहारिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीको अवसर प्राप्त हुन्छ ः मेयर


विराटनगर  | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै व्यवहारिक र सीपमूलक शिक्षा दिनुपर्नेमा जोड दिनु भएको छ ।

विराटनगर–१९ स्थित युमी स्कुलको अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक र सैद्धान्तिक शिक्षाले मात्रै उत्पादित जनशक्ति श्रमबजारमा सहजै बिक्री हुने बताउनुभयो । उहाँले विद्यार्थीको रुचीअनुसारको व्यवहारिक शिक्षा दिनु जरुरी रहेको उल्लेख गर्नुभयो । “दक्ष जनशक्ति उत्पादन गर्न सकिए स्वदेशमै पनि रोजगारी पाउने अवस्था छ,” उहाँले भन्नुभयो, “विदेश नै जाँदा पनि उच्चस्तरको तलब पाउने र त्यसले देशलाई नै फाइदा पुग्नेछ ।”

अबको समय प्रविधिको भएकाले विद्यालय तहदेखि नै कम्प्युटर शिक्षालाई जोड दिनुपर्ने मेयर कोइरालाको भनाइ थियो । उहाँले भन्नुभयो, “यदि आइटीमा राम्रो ज्ञान छ भने घरमै बसीबसी पनि विदेशको काम गरेर राम्रो पैसा कमाउने अवस्था छ ।”

शिक्षा क्षेत्रमा आमूल परिवर्तन नभएसम्म मुलुकको विकासले गति लिन सक्ने उहाँले बताउनुभयो । विकासको पहिलो आधार शिक्षा भएकाले मुलुकको समग्र विकासका लागि शिक्षाको गुणस्तरमा वृद्धि गर्नु आवश्यक रहेको मेयर कोइरालाले औंल्याउनुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालयको गुणस्तर एउटै बनाउनुपर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा विद्यालयका सञ्चालक शरण राईले विद्यालयले प्रविधि र सीपमूलक शिक्षालाई उच्च प्राथमिकतामा राखेर अध्ययन अध्यापन गराइरहेको बताउनुभयो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.